बाँके–२ बाट इश्तियाक राई निर्वाचित, जनताको विश्वास कमजोर हुन नदिने प्रतिबद्धता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट बाँके निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित मोहम्मद इश्तियाक राईले जनताको विश्वास कमजोर हुन नदिने बताएका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आज नेपालगञ्जका आमजनतालाई सम्बोधन गर्दै उनले देश र जनतालाई केन्द्रमा राखेर जनहित र समृद्ध मुलुक निर्माणमा सकारात्मक काम गर्ने प्रतिबद्धता जनाए । राईले भने, “मुलुकभरको पछिल्लो मतपरिणाम पार्टीले गरेको अपेक्षाअनुसार नभएको अवस्थामा बाँके–२ का जनताले आफूलाई जिताउनु भनेको यो क्षेत्रको समग्र विकासप्रति जनताको विश्वास ह...