प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सिरहा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार शिवशंकर यादव विजयी भएका छन् । यस क्षेत्रका निर्वाचन अधिकृत नवराज जोशीका अनुसार यादवले ३९ हजार ५६१ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामचन्द्र यादवले १२ हजार ८१४ मत मात्र प्राप्त गरेका छन् । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नविन यादवले छ हजार ७१३, जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार सञ्जीवकुमार यादवले तीन हजार ८७ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा विभिन्न दल...