प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का देवराज पाठक फराकिलो मतान्तरले विजयी भएका छन् । पाठकले ४२ हजार ६०२ मत प्राप्त गरेका छन् । उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले १५ हजार २८० मत प्राप्त गरेका छन् । चौधरीभन्दा पाठकले झण्डै दोब्बर मतान्तरले जित हासिल गरेका हुन् । यसैगरी नेपाल कम्युनिष्ट पार्टीका मेटमणि चौधरीले १४ हजार ९६५ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का रेवतीरमण शर्मा घिमिरेले ६ हजार ८२५ मत पाएका छन् ।