प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सिराहा क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार तपेश्वर यादव विजयी भएका छन् । यादवले ३६ हजार २१० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टीका अजय शंकर नायकले सात हजार ९७२ मत प्राप्त गरेका छन् । विसं २०४९ सालमा जन्मिएका यादव राजनीतिक यात्रामा लाग्नुअघि मिर्चैया नगरपालिकामा इन्जिनियर कर्मचारीका रूपमा कार्यरत थिए । उनले ‘नेशनल इन्जिनियर एसोसिएसन नेपाल’ स्थापना गर्दै सामाजिक तथा व्यावसायिक क्षेत्रमा सक्रियता देखाएका थिए । सोही अ...