प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्सा क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार टेकबहादुर शाक्य विजयी भएका छन् । शाक्यले नेपाली कांग्रेसका रमेश रिजाललाई १५ हजार ४७२ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । उनले कुल २८ हजार ६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रमेश रिजालले १२ हजार ५३४ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का जालिम मियाँ मन्सुरीले १२ हजार १४५ मत प्राप्त गरेका छन् । पर्सा–४ मा रहेका कुल ९५ हजार २१३ मतदातामध्ये ६४ हजार ९६७ मत खसेको थियो ।