प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत शनिबार राति ११ बजेसम्म १०० प्रत्यक्षतर्फ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । बिहीबार देशभर निर्वाचन भएको थियो । सार्वजनिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा धेरै सिट जितेको छ । हालसम्म रास्वपाले ७९ क्षेत्रमा जित हासिल गरेको छ भने ४३ क्षेत्रमा अग्रता कायम राखेको छ । समानुपातिकतर्फ रास्वपाले ६ लाख ११ हजार २७६ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले ११ क्षेत्रमा जित हासिल गरेको छ भने सात क्षेत्रमा अग्रता बनाएको छ । कांग्रेसले समानुपातिकतर्फ दुई लाख ...