सुनसरी–१ मा हर्क साम्पाङको फराकिलो अग्रता

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क राज राई (हर्क साम्पाङ)ले फराकिलो अग्रता बनाएका छन् । हालसम्मको मतपरिणामअनुसार राईले १९ हजार ३९७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले १२ हजार ३७५ मत पाएकी छन् । यसैगरी नेपाली कम्युनिष्ट पार्टीका सूर्यबहादुर भट्टराईले २,९७८ र नेकपा (एमाले)का टीकाराम लिम्बुले २,७८१ र नेपाली कांग्रेसका सुजेन्द्र तामाङले १,९४५ मत पाएका छन् । मतगणना जारी छ ।