जुम्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञान बहादुर (ज्ञानेन्द्र) शाही विजयी भएका छन् । शाहीले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ३ हजार १८१ मतान्तरले पराजित गर्दै जित हासिल गरेका हुन् । निर्वाचनको अन्तिम परिणामअनुसार राप्रपाका शाहीले १४ हजार ८१६ मत प्राप्त गरेर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का नरेश भण्डारीले ११ हजार ६३५ मत प्राप्त गरे । यस्तै, नेपाली कांग्रेसका उम्मेदवार दिप बहादुर शाही ७ हजार १४३ मतका साथ तेस्रो स्थानमा रहे । यस निर्वाचनम...