श्रम संस्कृति पार्टीका तीन उम्मेदवार अग्रस्थानमा

प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा श्रम संस्कृति पार्टीका तीन उम्मेदवारले हालसम्म अग्रता बनाएका छन् । भोजपुर क्षेत्र नम्बर १ बाट ध्रुवराज राई ९,९६७ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन् । यसैगरी सुनसरी क्षेत्र नम्बर १ मा हर्क राज राई १९,३९७ मतसहित स्पष्ट अग्रस्थानमा छन् । खोटाङ क्षेत्र नम्बर १ मा आरेन राई पनि ११,७९७ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन् ।