पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बिहीबार भएको आमनिर्वाचन नेपाली राजनीतिको एउटा महत्वपूर्ण 'पानीढलो' भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्चालमार्फत शनिबार आफ्नो धारणा राख्दै डा. भट्टराईले यो निर्वाचनले परम्परागत कांग्रेस-कम्युनिष्ट धारलाई विस्थापित गरेर नयाँ डिजिटल युगका युवाहरूको वर्चस्व स्थापित गरेको बताएका हुन्। २०१५ साल र २०६४ सालको निर्वाचनसँग तुलना गर्दै भट्टराईले २०८२ को यो निर्वाचनले नयाँ पुस्तालाई राजनीतिको केन्द्रमा ल्याएको र यसको दूरगामी महत्व रहने उल्लेख गरे। उनले भनेका छन्, 'अब कसैल...