नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणामले पार्टीलाई गम्भीर आत्मसमीक्षा गर्न बाध्य बनाएको बताएका छन्। पाण्डेले शनिबार सामाजिक सञ्जालमार्फत भने, “अब दोष कसैलाई थोपरेर उम्किने ठाउँ छैन। जनताले दिएको सन्देश स्पष्ट छ – एमालेले आफ्नो संरचना, कार्यशैली र नेतृत्वको अभ्यासमै ठोस सुधार गर्नुपर्ने बेला आएको छ।” उनले पार्टीका सबै कार्यकर्ता साथीहरूलाई निराश नहुन आग्रह समेत गरे । उनले भने, “जनविश्वास गुम्नुको कारणलाई इमानदारीपूर्वक स्वीकार गरेर त्यसबाट पाठ सिक्न सके ...