प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुदूरपश्चिम प्रदेशको दार्चुलामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का गणेश सिंह ठगुन्ना निर्वाचित भएका छन्। ठगुन्नाले १८ हजार ८९१ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका धर्मानन्द जोशी १५ हजार ८३६ मतसहित दोस्रो भए । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका राजेश सिंह सामन्त (साउद) ले ८ हजार ९३६, नेपाली कम्युनिष्ट पार्टीका लक्ष्मण दत्त जोशीले ३,०६५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेश चन्द ६६६ मत पाए ।