नेकपाबाट प्रचण्डसहित ४ उम्मेदवार प्रतिनिधिसभामा विजयी

प्रतिनिधिसभा सदस्य निर्वाचनमा हालसम्म नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का चार उम्मेदवार विजयी भएका छन्। पार्टीका संयोजक पुष्प कमल दाहाल ‘प्रचण्ड’ रूकुम पूर्वबाट १०,२४० मतसहित विजयी भएका छन्। यसैगरी रोल्पाबाट वर्षमान पुन २७,४६० मतसहित विजयी हुँदा सल्यान–१ बाट रमेश कुमार मल्ल २३,१८९ मतसहित विजयी भए ।  यसैगरी कालिकोटबाट महेन्द्र बहादुर शाही ११,३३८ मतसहित विजयी भएको निर्वाचन आयोगले जनाएको छ । नेकपाले अरु तीन सिटमा अग्रता समेत बनाएको छ ।