सुनसरी–३ मा अशोक चौधरीको फराकिलो जित, विजय गच्छदार दोब्बरभन्दा कम मतले पराजित

प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अशोक कुमार चौधरी विजयी भएका हुन् । उनले नेपाली कांग्रेसका विजय कुमार गच्छदारलाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गरेका हुन्। चौधरीले कुल ४७ हजार ४२१ मत प्राप्त गरेका छन् भने गच्छदारले २० हजार ५०१ मतमा सीमित रहे। यसैगरी, नेकपा (एमाले)की भगवती चौधरीले १५ हजार ८३ मत, श्रम संस्कृति पार्टीका राम प्रसाद सदाले १,७८०, नेपाली कम्युनिष्ट पार्टीका दुर्गेश कुमार चौधरीले १,५५१ र राष्ट्रिय प्रजातन्त्र पार्टीका घनश्याम गुरुङ्गले ८८५ मत प्...