कञ्चनपुर–१ मा रास्वपाका जनकसिंह धामी निर्वाचित

प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जनकसिंह धामी २४ हजार ३३२ मतसहित विजयी भएका छन्। निर्वाचन अधिकृत दामोदर घिमिरेका अनुसार धामीले १३ हजार २२२ मतान्तरले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का बिना मगरलाई पछि पार्दै विजयी भएका हुन्। बिना मगरले ११ हजार ११० मत प्राप्त गरेका थिए। यसैगरी नेपाली कांग्रेसका गोपीप्रसाद उपाध्यायले ८ हजार ४६७, नेकपा (एमाले)का तारालामा तामाङले ८ हजार ८८, र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दिल्लीबहादुर शाहीले १ हजार ५६० मत प्राप्त गरेका ...