प्रतिनिधिसभा सदस्य निर्वाचनमा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क राज राईले फराकिलो अग्रता कायम राखेका छन्। हालको मत परिणाम अनुसार राईले २१,५३९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङको मत १३,३६९ रहेको छ ।