समानुपातिकतर्फ साढे १४ लाख मत गनियो, रास्वपासहित कुन दलको मत कति ?

प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी रहँदा शनिबार मध्यरातसम्म  कुल १४ लाख ५७ हजार २९१ मत गणना भएको छ।  निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कुल ७ लाख ४६ हजार ७१७ मत प्राप्त गर्दै पहिलो स्थानमा आफ्नो कब्जा जमाएको छ। यो गणना भएको कुल मतको ५० प्रतिशतभन्दा बढी हो।  रास्वपालाई पछ्याइरहेको नेपाली कांग्रेसले २ लाख ५१ हजार ५६ मतका साथ दोस्रो स्थान ओगटेको छ भने नेकपा (एमाले) १ लाख ९८ हजार ४४२ मतसहित तेस्रो स्थानमा खुम्चि...