प्रतिनिधिसभा निर्वाचनको नतिजा आउने क्रम जारी छ । हालसम्म नेपाली कांग्रेसका १२ जना उम्मेदवारहरू विभिन्न निर्वाचन क्षेत्रबाट विजयी भएका छन्। विजयी हुने उम्मेदवारहरूमध्ये सुर्खेत क्षेत्र नम्बर १ बाट विष्णु बहादुर खड्काले २६ हजार ८९७ मत प्राप्त गर्दै जित हासिल गरेका छन्। त्यस्तै, कपिलवस्तु क्षेत्र नम्बर ३ बाट अभिषेक प्रताप शाह २३ हजार ५३५ मतका साथ निर्वाचित भएका छन् भने जाजरकोट १ बाट खडक बहादुर बुढाले २० हजार १४२ मत प्राप्त गरी आफ्नो जित सुनिश्चित गरेका छन्। पाल्पा क्षेत्र नम्बर १ बाट सन्दीप राना १८ हजार ३३६ मतसहित विजयी हुँद...