प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुदन गुरुङले दोब्बरको मतान्तरसहित अग्रता कायम गरेका छन्। हालको मतपरिणाम अनुसार गुरुङले २,५९० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका हरि राज अधिकारीले १,१७१ मत पाएका छन्। नेपाली काँग्रेसका प्रेम कुमार खत्री तेस्रो स्थानमा छन् । उनले १,१०३ मत प्राप्त गरेका छन्। मतगणना जारी छ ।