पूर्वसभामुखलाई हराउँदै पूर्वउपसभामुख विजयी

 प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर २ बाट पूर्वसभामुख देवराज घिमिरे पराजित भएका छन् । एमाले उम्मेदवार उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार तथा पूर्वउपसभामुख इन्दिरा राना मगरले भारी मतान्तरले पराजित गरेकी हुन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार रास्वपाकी उम्मेदवार रानाले ६० हजार ११० मत प्राप्त  गरिन्। उनका निकटतम प्रतिद्वन्द्वी पूर्वसभामुख घिमिरेले मात्र ११ हजार ३६८ मत प्राप्त गरे। घिमिरे झन्डै ४९ हजार मतान्तरले पछि परेका हुन्।  यसैगरी श्रम संस्कृति पार्ट...