प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुम पश्चिमबाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार विजयी भएका छन् । नेकपाका उम्मेदवार गोपाल शर्मा २१ हजार ६०९ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजु के.सी.ले १६ हजार ६६१ मत पाए । यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मा तेस्रो स्थानमा रहे । पूर्वमन्त्री समेत रहेका उनले १४ हजार ३४६ मत प्राप्त गरे । शर्माले चुनावअघि नयाँ पार्टी बनाए पनि उनका लागि नयाँ पार्टी फलदायक रहेन ।