मुगुमा एमालेको अग्रता, कसले कति मत ल्याए ?

मुगुमा एमालेले अग्रता लिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत एवं सूचना अधिकारी प्रेमराज खनियाँका अनुसार एमाले उम्मेदवार पूर्णबहादुर रोकायाले दुई हजार ४६६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर शाहीले दुई हजार ४०२ मत प्राप्त गरे ।  त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टीका चन्द्रबहादुर शाहीले ६६८ र राष्ट्रिय स्वतन्त्र पार्टीका भुवन टमटाले १५८ मत प्राप्त गरे ।  मुगुमा कुल ३६ हजार ३१ मतदाता रहेकामा २२ हजार ११५ अर्थात् ६१।३८ प्रतिशत मत खसेक...