सर्लाही–४ : अमरेशभन्दा झण्डै १० हजार मतले पछि परे थापा

सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगन थापा रास्वपा उम्मेदवार अमरेशकुमार सिंहभन्दा झण्डै १० हजार मतले पछि परेका छन् । पछिल्लो मत परिणमअनुसार सिंहले २९ हजार ३८० मत ल्याउँदा थापाले १९ हजार ५०६ मत ल्याएका छन् ।  तेस्रोमा रहेका एमालेका अमनिश कुमार यादवले ८,६५४ मत ल्याएका छन् ।