डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. ताराप्रसाद जोशी विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरलाई पराजित गर्दै संसद्को यात्रा तय गरेका हुन् । डा जोशी सात हजार १० मतान्तरले विजयी भए । उनले १९ हजार १३१ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार महरले १२ हजार १२१ मत प्राप्त गरे । नेकपाका उम्मेदवार मानसिंह मालले ६ हजार ८३४ र एमालेका उम्मेदवार चक्र स्नेहीले तीन हजार २६ मत प्राप्त गरे । डडेल्धुरामा ३४ वर्षे कांग्रेस विरासत तोडेका डा. जोशीको जन्...