प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा हालसम्म प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये ११७ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ। सार्वजनिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा एक्लैले ९१ सिटमा जित हासिल गरिसकेको छ। रास्वपाले अझै ३२ निर्वाचन क्षेत्रमा अग्रता कायम गरिरहेको छ। समानुपातिकतर्फ पनि रास्वपा ८ लाख ७९ हजार ७९२ मतका साथ शीर्ष स्थानमा रहेको छ। यसैगरी नेपाली कांग्रेसले हालसम्म १२ सिटमा जित निकालेको छ। कांग्रेस ६ वटा निर्वाचन क्षेत्रमा अगाडि देखिएको छ। समानुपातिकतर्फ कांग्रेसले २ लाख ८९ ह...