उदयपुर–२ मा रास्वपा विजयी

उदयपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदमा रास्वपाका उम्मेदवार सूर्यबहादुर लामा विजयी भएका छन् ।  केहीबेर अघि सम्पन्न मत परिणामअनुसार रास्वापाका लामा १४ हजार ८०२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अम्बरबहादुर रायमाझीले ७ हजार ६४८ मत ल्याए ।  यसैगरी नेपाली कांग्रेसका रामकुमार राईले ७ हजार २१०, नेपाली कम्युनिष्ट पार्टीका सुरेशकुमार राईले ५हजार १९७ तथा श्रम संस्कृति पार्टीका बलराज राईले ४ हजार १३९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  रास्वपाको जिल्ल...