सर्लाही क्षेत्र नम्बर ३ मा रास्वपाका उम्मेदवार नरेन्द्र साह कलवार विजयी भएका छन् । साह ४६ हजार ८९० मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नारायणकाजी श्रेष्ठले मात्र १३ हजार ३३८ मत पाए । यहाँ नेपाली कांग्रेसका विनोदप्रसाद खनालले ६ हजार २ सय २४ मत मात्र पाए । त्यस्तै नेकपा एमालेका पूर्वसांसद हरि उप्रेती यहाँ चौथो स्थानमा सीमित भए । उनले ५ हजार ७७६ मत पाए ।