नुवाकोट १ मा कांग्रेस र रास्वपाबीच कडा टक्कर देखिएको छ । मतगणनाको पछिल्लो परिणामअनुसार कांग्रेसका प्रकाशशरण महतलाई उछिन्दै रास्वपाका विक्रम तिमिल्सिनाले अग्रता लिएका छन् । हाल तिमिल्सिनाले ११ हजार ८६३ मत पाउँदा महत ११ हजार ४३७ मतका पछ्याइरहेका छन् । नेकपाका हितबहादुर तामाङले ९ हजार १८३ तथा एमालेका बद्री मैनालीले ५ हजार ४०७ मत पाएका छन् ।