प्रतिनिधि सभामा अमरेशकुमार सिंहको ह्याट्रिक, गगनको संसदीय यात्रामा ब्रेक

सर्लाही–४ मा रास्वपाका अमरेशकुमार सिंह विजयी भएका छन् । केहीबेरअघि सम्पन्न मतगणनामा ३५ हजार ६८८ मत ल्याउँदै सिंह प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २२ हजार ८३१ मत ल्याए । यो जितसँगै अमरेशसिंहले ह्याट्रिक पनि पूरा गरे भने गगन थापाको पहिलो हार हो । गगन २०६४ सालदेखि संसदीय यात्रामा थिए । पहिलोपटक समानुपातिक प्रणालीकाट निर्वाचित उनले पछिल्लो ३ पटक काठमाडौं ४ बाट जित निकालेका थिए ।