सल्यानबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कम्युनिष्ट पार्टीका रमेशकुमार मल्ल विजयी भएका छन् । मल्लले २३ हजार १८९ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी रास्वपाका ललितबहादुर चन्दले २० हजार ९०४ र नेपाली कांग्रेसका केशबहादुर विष्टले १७ हजार ५५८ मत प्राप्त गरे । यस्तै, एमालेका गुलावजङ्ग शाहले १५ हजार ३७३ मत प्राप्त गरे । जिल्लामा प्रमुख राजनीतिक दल र स्वतन्त्र गरी १४ उम्मेदवार प्रतिस्पर्धामा थिए ।