मोरङ–३ मा रास्वपाका गणेश कार्की विजयी

मोरङ क्षेत्र नम्बर ३ मा रास्वपाका गणेश कार्की विजयी भएका छन् । कांग्रेस उम्मेदवार सुनिल शर्मालाई १२ हजारभन्दा बढी मतले पछि पार्दै शर्मा विजयी भएका हुन् ।  कार्कीले ३६ हजार ९२४ मत प्राप्त गर्दा उनका निकट प्रतिद्वन्द्वी कांग्रेसका शर्माले २४ हजार ३५४ मत प्राप्त गरे। श्रम संस्कृति पार्टीका अमिर मगरले १६ हजार ५०९ मत ल्याए ।