झापा–४ मा रास्वपाका ढकाल विजयी

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा ४ मा रास्वपाका शम्भुप्रसाद ढकाल विजयी भएका छन् । उनले ४३ हजार ६३१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी एमालेका लालप्रसाद साँवा लिम्बूले ११ हजार ९१६ मत प्राप्त गरे । यहाँ नेपाली कांग्रेसका देउकुमार थेवेले नौ हजार ४३४, श्रम संस्कृति पार्टीकी अमृतादेवी राईले सात हजार १६१, राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्तिप्रसाद सिटौलाले दुई हजार ८० मत प्राप्त गरे ।–––