डोल्पाबाट नेकपाका धनबहादुर बुढा निर्वाचित

डोल्पाबाट नेकपाका उम्मेदवार धनबहादुर बुढा निर्वाचित भएका छन् । उनी ६ हजार ८ सय २ मत ल्याएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका लंक बहादुर रोकायाले ५ हजार ३९६ मत ल्याए । कांग्रेसका कर्ण बहादुर बुढाले २ हजार ९४७ मत ल्याएका छन् । रास्वपाका देवसिंह ऐडीले १८१ मत ल्याउँदा राप्रपाका हरिप्रसाद डाँगीले ९२ मत ल्याए।