रौतहट २ मा नेपाली कांग्रेसका मो. फिरदोश आलम प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । २९ हजार ५२८ मत प्राप्त गरेर उनी विजयी भएको निर्वाचन अधिकृत सीताराम खड्काले जानकारी दिए । नव निर्वाचित डा. आलका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार किरणकुमार साहले १८ हजार ४४२ मत प्राप्त गरे । सो क्षेत्रको अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शेख सगिरले नौ हजार ३२५ मत, जनता समाजवादी पार्टी, नेपालका रामअशिष राय यादवले दुई हजार ९६० मत ल्याएर चौथो र एमालेका उम्मेदवार मोहम्मद अतिउल्लाहले दुई हज...