प्रतिनिधिसभा सदस्य निर्वाचन निर्वाचनको प्रत्यक्षतर्फको मतगणना जारी छ । जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म एक सय सिट जितेको छ । १२९ क्षेत्रको नतिजा सार्वजनिक हुँदा रास्वपाले १०० सिटमा जीत हासिल गरेको हो । रास्वपा अझै २५ क्षेत्रमा अगाडि छ । दोस्रो धेरै सिट जित्नेमा नेपाली कांग्रेस छ । कांग्रेसले १४ सिट जितेको छ भने २ क्षेत्रमा अग्रता छ । एमालेले ७, नेकपाले ६, राप्रपाले १ र स्वतन्त्रले १ सिट जितेका छन् । एमाले अझै ४ सिटमा अगाडि छ । नेकपा पनि दुई सिटमा अगाडि छ ।