पाल्पा–२ रास्वपाका थापा विजयी

पाल्पा २ मा रास्वपाका डा. माधवबहादुर थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । २६ हजार ७३६ मत प्राप्त गर्दै थापा विजयी भएका हुन् ।  उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हिमालदत्त श्रेष्ठले १२ हजार ९९२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता सहायक निर्वाचन अधिकृत केशव पराजुलीले जानकारी दिए ।  त्यस्तै, एमालेका ठाकुरप्रसाद गैरेले १० हजार ५०३, नेपाली कम्युनिष्ट पार्टीका सोमप्रसाद पाण्डेयले पाँच हजार २८८ र नेसनल रिपब्लिक नेपालका देवप्रसाद श्रेष्ठले ६९३ मत प्राप्त गरे ।