दार्चुलामा एमालेका ठगुन्ना निर्वाचित

दार्जुलामा एमालेका उम्मेदवार गणेशसिंह ठगुन्ना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । १८ हजार ८९९ मत प्राप्त गर्दै उनी निर्वाचित भएका हुन् ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका उम्मेदवार धर्मानन्द जोशीले १५ हजार ८३६ मत प्राप्त गरे ।  त्यसैगरी, रास्वपाका उम्मेदवार राजेशसिंह सामन्तले आठ हजार ९३६ मत, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लक्ष्मण जोशीले तीन हजार ६५ मत प्राप्त गरे । जिल्लामा यसपटक प्रतिनिधिसभा सदस्यका लागि ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।