एमाले अध्यक्ष ओलीको गृहजिल्लामा रास्वपाको क्लिनस्विप

प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापाका पाँचै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन् । झापा १ बाट रास्वपाकी निशा डाँगी ४५ हजार ६८० मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केशवराज पाण्डेले १० हजार ५५० मत प्राप्त गरे ।  झापा २ मा रास्वपाकी इन्दिरा रानामगर ६० हजार ११० मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका देवराज घिमिरेले ११ हजार ३६८ मत प्राप्त गरे ।  त्यसैगरी, झापा ३ बाट रास्वपाका प्रकाश पाठक ३८ हजार ६७४ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिस्पर्धी रा...