प्रत्यक्षमा रास्वपाको सय पार– समानुपातिकमा १२ लाख मत कट्यो, अरूको अवस्था के छ ?

प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ रास्वपाले सय सिट पार गरेको छ । हालसम्म रास्वपाले १०१  सिट जितेको छ । रास्वपा अझै २४ क्षेत्रमा अगाडि छ ।  दोस्रोमा रहेको कांग्रेसले १५ सिट जितेको छ । कांग्रेस अब एक क्षत्रमा मात्रै अगाडि छ ।  एमाले ७ सिट जित्दा ४ मा अगाडि छ । ७ सिट जितेको नेकपा २ क्षेत्रमा अगाडि छ ।  यसबाहेक राप्रपाले एक र एक जना स्वतन्त्र निर्वाचित भएका छन् । तीन क्षेत्रमा श्रम संस्कृति पार्टी अगाडि छ ।  समानुपातिकतर्फ पनि रास्वपा अरूभन्दा निकै अगाडि छ । २३ लाख ७४ हजार मत गणना हुँद...