पर्सा ३ मा रास्वपाका चौरसिया निर्वाचित

पर्सा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रामाकान्त चौरसिया प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणामअनुसार उनले २९ हजार ६७९ मत प्राप्त गरेका हुन् ।  निर्वाचन अधिकृत बुद्धिलाल श्रेष्ठका अनुसार निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्रप्रसाद चौधरीले १६ हजार ३६६ मत ल्याए । त्यस्तै, नेकपा एमालेका उम्मेदवार रुपेशकुमार पाण्डेले ११ हजार ९१४ मत ल्याए भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार छोटेलालप्रसाद यादवले दुई हजार १३७ मत ल्या...