सडकका बेथिति र भ्रष्टाचारविरुद्ध मोबाइल क्यामेरा तेर्स्याएर भाइरल भएकी सामाजिक अभियन्ता आशिका तामाङ ३९ हजार १२८ मतसहित धादिङ-१ बाट सङ्घीय संसद्मा पुगेकी छन् । जेनजी आन्दोलनमा घाइतेहरूको मलमपट्टी गर्दै, परम्परागत राजनीतिको अभेद्य किल्ला भत्काउँदै जनमतको सानदार अनुमोदन प्राप्त गरेकी हुन्।