प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतगणना उत्तरार्धतर्फ पुगिसकेको छ । आइतबार बिहान ९ बजेसम्म एक सय ६५ मध्ये एक सय ३१ क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । प्रत्यक्षतर्फ अब ३४ स्थानको मात्र अन्तिम नतिजा आउन बाँकी छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक सय निर्वाचन क्षेत्रमा जित हासिल गरिसकेको छ । नेपाली कांग्रेसले १५ सिट जितेको छ । नेकपा एमालेले सात र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ६ सिटमा जित हासिल गरेका छन् । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीले पनि एक/एक सिट जितेका छन् ।...