जाजरकोटमा नेपाली कांग्रेसका युवाहरूले पार्टीले कार्यक्रम गर्दा भएको फोहोर व्यवस्थापन गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसका उम्मेदवार खडकबहादुर बुढा निर्वाचित भएपछि गरिएको कोणसभाका क्रममा भएको फोहोर उनीहरूले हटाएका हुन् । नेपाल तरुण दल र नेपाल विद्यार्थी संगठनको अगुवाइमा भेरी नगरपालिका-४ स्थित गैरीखालीमा रहेको खुलामञ्चको भएको फोहोर व्यवस्थापन गरिएको हो । जिल्लामा ठूलो खुलामञ्च नहुँदा प्राय: सार्वजनिक कार्यक्रम, बहस र कोणसभा यही स्थानमा हुने गरेका छन् । शनिबार आएको अन्तिम मतपरिणाममा नेकपा...