प्रत्यक्षमा एक सय सिट कटाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकमा पनि १३ लाख मत कटाएको छ । आइतबार बिहान ९ बजेर ५० मिनेटमा यो सामाग्री तयार पार्दा रास्वपाले १३ लाख ३० हजार १३५ मत पाएको छ । यस्तै, दोस्रो स्थानमा नेपाली कांग्रेसले छ । कांग्रेसले करिब पाँच लाख मत पाएको छ । पछिल्लो तथ्यांक अनुसार कांग्रेसले ४ लाख ५५ हजार ४४४ मत पाएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ । आयोगको तथ्यांक अनुसार नेकपा एमालेले ३ लाख ६५ हजार ५४२ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीले १ लाख ७६ हजार ८०५ र ...