रास्वपाका बब्लु गुप्ताको पहिलो संसद् यात्रा, सिराहाबाट ४१ हजार ३२२ मतसहित विजयी

प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिराहा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बब्लु गुप्ता विजयी भएका छन् । उनको यो पहिलो संसद् यात्रा हो । पूर्वयुवा तथा खेलकुदमन्त्री गुप्ता ४१ हजार ३२२ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामसुन्दर चौधरीले ९ हजार ७८४ मत पाए । नेकपा एमालेका रामशंकर यादव ७ हजार ८८६ मतसहित तेस्रो भए । चौथो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रामचन्द्र यादवले २ हजार ८५३ मत पाए ।