गत भदौ २३ र २४ गतेको घटना जाँचबुझ गर्न बनेको आयोगले आज ११ बजे प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउने भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज प्रतिवेदन बुझाउने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए । आयोगले झण्डै ६ महिना लामो अनुसन्धान एवं जाँचबुझ गरेर प्रतिवेदन बुझाउन लागेको हो । सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गत असोज ५ गते जाँचबुझ आयोग गठन गरेको थियो । तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, सुरक्षा निकायका प्रम...