नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगनकुमार थापाले यहाँबाट निर्वाचित अमरेशकुमार सिंहलाई बधाई तथा शुभकामना दिएका छन् । रास्वपा उम्मेदवार सिंहलाई उनले सामाजिक सञ्जालमार्फत् बधाइ दिएका हुन् । ‘सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएकोमा डा. अमरेश सिंहलाई हार्दिक बधाई तथा शुभकामना !’, गगनले लेखेका छन् । साथै, गगनले आफूलाई माया, विश्वास र मत दिने सम्पूर्ण मतदाताप्रति कृतज्ञता व्यक्त गरेका छन् । ‘यस क्षेत्रमा मैले देखेका समस्याहरूको सम्बोधन गर्न, मेरो पहल र ...