बैतडीमा रास्वपाका भण्डारी विजयी, चतुरबहादुर चन्द पराजित

बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिमोहन भण्डारी विजयी भएका छन् । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनी २२ हजार १३४ मत ल्याउँदै विजयी बनेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चतुरबहादुर चन्दले १८ हजार १९४ मत प्राप्त गरे । यसअघि नेकपा (एमाले)बाट लगातार तीनपटक विजयी भएका दामोदर भण्डारी भने यसपटक तेस्रो स्थानमा पुगे । उनले १७ हजार ९१ मत ल्याए । एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा ७३ हजार १४८ मतदाताले मतदान गरेका मुख्य निर्वाचन ...