श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अब सरकारको नेतृत्व रवि लामिछानेले गर्नुपर्ने बताएका छन् । रास्वपा दुई तिहाइ बहुमततर्फ अघि बढिरहेका बेला राईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सदनमा जनताको प्रश्नको जवाफ दिने नेतृत्व चाहिने बताएका हुन् । रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्री बनाउने घोषणासहित चुनावमा गएको थियो । तर, बालेनले विस्तारमा उत्तर दिन नसक्ने उनको भनाइ छ । यद्यपि उनले बालेनको नाम भने उल्लेख गरेका छैनन् । ‘जनताले चुनिहालेपछि अब सबैले स्वीकार्नै पर्छ, तर सरकारको नेतृत्...