ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरले विजयी

ओखलढुंगामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विश्वराज पोखरेल विजयी भएका छन् । १३ हजार ९५३ मतसहित उनी निर्वाचित भएका हुन् ।   नेपाली कांग्रेसका कुमार लुईटेलले १३ हजार ९ सय ४८ मत प्राप्त गरे ।  उनीहरूबीचको मतान्तर भने ५ मात्रै रहेको छ ।  त्यसैगरी, नेपाल कम्युनिस्टका अम्बिरबाबु गुरुङले ११ हजार २ सय ९६ मतका साथ तेस्रो स्थानमा ओगटे । एमालेकी अस्मिता थापाले १० हजार ७ सय २० मत पाइन् ।  पोखरेल नेपाल प्रहरीका पूर्व एआइजी हुन् । औपचारिक घोषणा हुने भने बाँकी छ ।